मलेसियामा पहिलोपटक गोल्डकप हुँदै


 


malesiya footballक्वालालम्पुर, असार ५
मलेसियामा पहिलो पटक मलेसिया ब्यापी गोल्डकप फुटबल प्रतियोगीता हुने भएको छ । स्थानीय हिमालय फुटबल क्लव मलेसियाले अागामी जुलार्इ ६,७ र ८ गते प्रतियोगिताकाे आयोजना गरेको हो ।

नजिकिदै गरेको मुष्लिमहरुको महान पर्व रामदामको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ । क्लवले प्रतियोगिताको ब्यानर सार्वजनीक गर्दै मलेसियामै पहिलो पटक सुनको मेडल सहितको फुटबल प्रतियोगीता धोषणा गरेको हो ।

हिमालय गोल्ड कप २०१६ नाम दिईएको उक्त प्रतियोगीतामा प्रथम हुने टिमले १५ हजार आर एम सहित सुनको मेडल प्राप्त गर्ने छन् । त्यसै गरि दोस्रो हुनेले ९ हजार आर एम र प्रमाण पत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।

मलेसियाका हरेक क्षेत्रमा रहेका नेपालीले आफ्नो समुह बनाई यस प्रतियोगीतामा सहभागी हुन सक्ने आयोजकले जनाएको छ । आगामी जुलाई ४ तारिख सम्ममा इच्छुक समुहले आफ्नो समुह दर्ता गराईसक्नु पर्ने छ ।

प्रतियोगीतामा सहभागी हुन प्रवेश शुल्क १ हजार ६ सय ५१ आर एम रहेको र टाढा बाट आएका खेलाडीलाई बस्नको समेत ब्यवस्था रहेको आयोजक क्लवले जनाएको छ । कार्यक्रम मलेसियाको साहआलाममा रहेको पानसोनीक स्टेडियममा हुने छ ।

प्रतियोगीताको नेपाली दुतावास र स्थानीय कम्पनी नेप्सीयाको सहयोगी रहेका छन् भने मलाया खबर डट कम अफिसियल मिडिया रहेको छ । मलाया खबरले खेलको प्रत्यक्ष प्रशारण गर्ने छ ।

प्रकाशित मिति: ५ असार २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्