दयाहाङ याे बर्ष पनि उत्कृष्ट


 


काठमाडाैं, असार १६

यस बर्षपनि दयाहाङ रार्इ उत्कृष्ट अभिनेता छानिएका छन् । याे सँगै दयाहाङले उत्कृष्ट अभिनेतामा ह्योट्रिक गरेका छन् । यसअघि उनी दासढुङ्गाबाट उत्कृष्ट सहअभिनेता र कबड्डीबाट उत्कृष्ट अभिनेतामा छानिएका थिए । याे पटक कबड्डी कबड्डीबाट उनि उत्कृष्ट अभिनेता बनेका हुन् ।

त्यसैगरी फिल्म क्यालसिकबाट नम्रता श्रेष्ठा उत्कृष्ट अभिनेत्री बनेकी छन् । राष्ट्रिय चलचित्र पुरस्कारमा पशुपति प्रसादले बाजी मारेको छ । निर्देशन, फिल्म र पटकथा गरेर तीन वटै बिधामा पशुपति प्रसादलाई उत्कृष्ट ठहर गर्दै पुरस्कार घोषणा गरिएको हो । यसका निर्देशक दीपेउतन्द्र के खनाल हुनभने पटकथा लेखक खगेन्द्र लामिछाने हुन् ।

छायांकनमा ड्रिम्सबाट पुरुषोतम प्रधान र संजय लामा, सम्पादनमा क्लासिकबाट सुरेन्द्र पौडेल र उत्कृष्ट नवनिर्देशकमा भूवन केसी छानिएका छन् । त्यसैगरी चलचित्र दीर्घसाधना सम्मानबाट अभिनेत्री बसुन्धरा भूषाल सम्मानित भएकी छिन् । आदिवासी जनजाति विधामा गुरुङ भाषाको फिल्म यूम्पो देउराली उत्कृष्ट ठहरिएकाे छ ।

पुरस्कार वितरण अाज राष्ट्रपति भवन शित्तल निवासमा भएकाे थियाे । सम्मानित र पुरस्कृत सबैलार्इ राष्ट्रपति विद्यादेवी भण्डारी र सूचना तथा सञ्चार मन्त्री शेरधन रार्इले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति: १६ असार २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्