एनआरएनए जर्मनीको उपाध्यक्षमा निनाम्मा राईको उम्मेदवारी


 


काठमाडौं, भदौ २१
आगामी सेप्टेम्बर २ मा हुन लागेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको उपाध्यक्ष पदमा पदमा निनाम्मा राईले उम्मेदवारी दिनु भएको छ ।

आगामी दुई बर्षको कार्यकालका लागि हुन लागेको निर्वाचनमा राईले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको हो । भोजपुरको साबिक बासिखोरा गाविस–५ मा जन्मनु भएकी राई जननायक रामप्रसाद राईकी नातिनी हुनुहुन्छ । उहाँ यतिबेला एनआरएनए जर्मनकीको कोषाध्यक्ष पदमा कार्यरत हुनुहुन्छ ।

दुई दशक बढी समयदेखी जर्मनीमा बसोबास गर्दे आउनु भएकी राईले आफूलाई उपाध्यक्ष पदमा सर्वसम्मत विजयी गराउन मतदाताहरुसँग अपील गर्नुभएको छ । उहाँ एक दशकदेखी एनआरएनएको कमिटीमा बसेर काम गर्दे आउनुभएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्