प्रभु मनि ट्रान्सफरकाे ग्राहकहरूलाई सिजीका सामानमा विशेष छुट


 


काठमांडौ १५ भदौ
रकम पठाउने र प्राप्त गर्ने रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुलायृ सिजीका सामान किन्दा विशेष छुट दिने भएको छ ।
प्रभु मनि ट्रान्सफरले सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोद्रेज, टिसीएल आदि इत्यादि सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । यसबाट नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुनेछ ।

आफ्ना ग्राहकहरुलाई पूर्ण सुविधा दिँदै आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले यो व्यवस्था ल्याएको हो ।

यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी इलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजिटल तथा एलजी लाईफस्टाइल सपबाट टिभी, फ्रिज, वासिङ्ग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्तगर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागुहुनेछ ।

प्रकाशित मिति: १५ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्