कोरियामा नेपाली कामदारको तलब बढ्यो


 


काठमाडौं, साउन १

दक्षिण कोरियामा नेपाली कामदारको तलब बढेको छ । कोरियाको ज्याला निर्धारण समितिका अनुसार इपीएस भाषा पास गरेर रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपाली कामदारको तलब बढेर न्यूनतम १ लाख ३० हजार रुपैयाँ पुगेको हो ।
त्यहाँको ज्याला निर्धारण समितिको १४ औं बैठकले शनिबार ७.३ प्रतिशतले कामदारको तलब वृद्धि गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै नेपाली कामदारको न्यूनत्तम तलब १ लाख ३० हजार पुगेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
नयाँ तलब सन् २०१७ देखि लागू हुने छ ।

प्रकाशित मिति: १ श्रावण २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्