भोजपुर सुनसरी एकता समाज गठन


 


bhela-sunsari

सुनसरी जेठ १६

भोजपुरमा जन्मेर सुनसरीको भिभिन्न ठाउमा बसोबास गर्दै आएका भोजपुरेहरुले भोजपुर सुनसरी एकता समाजको तदर्थ समिति गठन गरेका छन् ।  शनिबार भएको सात सय बढीको भेलाले कृष्ण बहादुर कार्कीको अध्यक्षतामा १५ सदस्यिय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा ध्यानबहादुर राई सचिवमा तारा पुलामी सह सचिवमा राजु ढकाल भान्जा काेषाध्यक्षमा सुसन चेली राई रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा प्रमोद शेर्पा कृष्णकुमार खत्री अमर खड्का जनक कार्की रामबहादुर कार्की राजकुमार गिरी रीता राउत  र केशव खड्का रहेका छन् । तदर्थ समितिको बैठककले बिधान मस्यौदा समिति समेत तयार पारेको सचिव तारा पुलामीले जानकारी दिए । छ महिनाभित्र विधान दर्ता गराई साधारणसभा समेत गर्ने निर्णय भएको समाजले जनाएको छ । भेलामा विभिन्त्र साँस्कृतिक कार्यक्रम समेत भएको थियो ।

प्रकाशित मिति: १६ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्