यस्ताे गाउँ, जहाँ नाैं वर्षदेखि छाेरा जन्मिएकाे छैन !


 



एजेन्सी
दक्षिणी पोल्याण्डको चेक रिपब्लिकको सीमासँगै जोडिएको एउटा सानो गाउँ छ । जहाँ विगत नौं वर्षदेखि छोरा जन्मिएको छैन ।

गाउँमा बस्ने सबैभन्दा कान्छो बालक १२ वर्ष पुगिसकेका छन् । यसैकारण त्यहाँ छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरिएको छ ।

इतिहास पल्टाएर हेर्दा र जन्म दर्ताको अनुगमन गर्दा त्यहाँ पहिले देखि नै पुरुषको जन्म निकै कम भएको पाइएको छ । यही त्यहाँका मेयर राजमुन्द फ्रिस्कोले पनि पत्रकारसंग कुरा गर्दै पुष्टि गरेका छन् । उनैले छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरेका हुन् ।

छोरीको निरन्तर जन्म भइरहेको छ भने छोराको निकै कम । यसको कारणबारे थाहा पाउन निकै गाह्रो छ । तोमाज्स गोलास्जले आफूलाई छोरा जन्माउन मन लागेता पनि गाउँको इतिहास हेर्दा यसको सम्भावना निकै कम भएको बताउँछन् ।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्