पोर्चुगलबाट परिषदको युवा संयोजकमा उम्मेद्वारी दिने यामेन्द्र घर्तीको तयारी


 


लिस्बन, भदौ २९
पोर्चुगलबाट यामेन्द्रकुमार घर्तीले गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजकमा उम्मेदवारी दिने भएका छन् ।
बागलुङका घर्तीले पत्रकार भेटघाट गर्दै आइसीसी युवा संयोजक पदमा प्रतिष्पर्धा गर्ने बताएका हुन् ।

जापानमा रहेका उनका समर्थक रेशम पुनका अनुसार एशिया पशिफिक, युरोप र अमेरिकाका एनआरएनए अभियन्ताहरुबाट घर्तीलाई सहयोग हुने आश्वासन प्राप्त भएको बताए ।
घर्तीले सबैतिर घनिभूत छलफल र समन्वयका लागि उच्चतम प्रयास गरिएकोले विजय सुनिश्चित रहेको दावी गरेका छन् ।
उनले मध्य पूर्व र ओसेनिया क्षेत्रमा पनि समर्थन जुटाउन प्रयास भाइरहेको बताएका छन् । घर्तीलाई सामाजिक सञ्जालमार्फत संसारभरिका शुभचिन्तक र समर्थकहरुले शुभकामना दिएका छन् ।

हक्की स्वभावका घर्तीले आफू विजयी भएपछि संस्थागत गतिविधिलाई पारदर्शी बनाउने, युवा र श्रमिक वर्गलाई संस्थाप्रति आकर्षित गर्ने, दोश्रो पुस्ताका नेपालीहरुलाई पनि संस्थाको महत्वबारे सचेतना फैलाउने र गैह्र आवासीय नेपाली नागरिकताबारे संविधानमा उल्लेख भए बमोजिमको ऐन बनाउन दवाव दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

२० वर्षदेखि वैदेशिक रोजगारमा रहेका उनी ६ वर्ष जापान बसेका थिए ।
तेह्र महिना अगाडि पोर्चुगल पुगेका उनले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै साथीहरुको सल्लाह र परामर्शमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।
जापानमा उनले एनआरएनएबाहेक नेपाली जनसम्पर्क समिति र नेपाली सेवा समाज जापानको महासचिव पदमा रहेर काम गरेका थिए ।

उनी नेपाली काँग्रेसको एघारौ महाधिवेशनमा बागलुङ जिल्ला क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएका थिए ।
विसं। २०५४ मा नेवि संघ जिल्ला समिति बागलुङको उपाध्यक्ष रहेका घर्तीले बागलुङ काँग्रेसको जिल्ला समितिको सदस्यको राजनीतिक अनुभव पनि सङ्गालेका छन् ।
सीसाखानी बागलुङका घर्ती नेपाल छँदा युवा अनुसन्धान केन्द्र नामक गैह्र सरकारी संस्थाको अध्यक्ष भएर कार्यरत थिए ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्