एनआरएनए दक्षिण कोरियाको उपाध्यक्षमा सन्जिव राई विजयी


 


दक्षिण कोरिया, असोज ५
गैह्र आवसिय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सातौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा उदयपुरका युवा सन्जिव कुमार राई विजयी भएका छन् । उनले लोकप्रिय मत ल्याउँदै उपाध्यक्षमा विजयी भएका हुन् ।

राईले ८ सय ३ मत प्राप्त गरेर विजयी भएका हुन् । तीन जना उपाध्यक्ष पदका लागि ६ जनको उम्मेदवारी थियो । जसमा सबैभन्दा बढी मत राईले प्राप्त गरेका थिए । राईसँगै सोमबहादुरतामांग र यदु लामिछाने पनि उपाध्यक्षमा निर्वाचित भएका छन् ।

उदयपुरका सन्जिव सामाजिक क्षेत्रमा सानै उमेर देखि लागेको युवा हुन् । उनि विभिन्न संघ संस्थामा आवद्ध छन् । किरात राई यायोक्खा दक्षिण कोरियाको सल्लाहकार समेत रहेका राई न्यू भिजन ग्रुपका सभापति पनि हुन् ।

निर्वाचित भएपछि राईले एनआरएनएको संस्थागत संरचनागत सुधार गर्दै संस्थालाई मजदुरमैत्रि बनाउँने बताएका छन् । उनले दक्षिण कोरियामा आर्जेको शिप र पुंजिलाई सहज र सरल तरिकाले नेपालमा व्यवस्थापन गर्न भूमिका खेल्ने बताएका छन् ।

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्