कारकाे ठक्करले मलेसियामा एक नेपाली महिलाकाे मृत्यु


 


मलेसिया, साउन ९

कारको ठक्करबाट मलेसियामा एक नेपाली महिला कामदारको मृत्यु भएको छ। बातुपाहतमा रहेको मिओ–मिओ फुड कम्पनीमा कार्यरत ईलामकी संगीता राईको बाटो पार गर्नेक्रममा कारको ठक्करबाट शनिबार मृत्यु भएको हो।

कामकालागि ड्यूटी जानेक्रममा राईलाई जोहोरबारुस्थित बातुपाहत भन्ने ठाउँमा कारले ठक्कर दिएको थियो। रोजगारीकालागि दुई महिना अघि मात्र मलेसिया पुगेकी राईका एक छोरा छन्।

राईलाई ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको मिओ–मिओ फुड कम्पनीमा कार्यरत सुर्यप्रकास पुनमगरले जानकारी दिए। मृतकको शव कम्पनी र सहयोगीको पहलमा घर पठाउने तयारी भइरहेको छ। उनको शव पोष्टमार्टमकालागि अस्पतालमा लगिएको मगरले जनाए।

प्रकाशित मिति: ९ श्रावण २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्