नेपाली युबा क्रिकेट टोली भारततर्फ


 


Nepali toliकाठमाडौं, साउन १०
भारतको जयपुरमा सन्चालन हुन लागेकाे अल ईन्डिया क्रिकेट टुर्नामेन्टमा सहभागि हुनको लागि नेपाल क्रिकेट स्कुल ( एन सि एस) को १५ सदस्यीय टिम आज त्यसतर्फ प्रस्थान गरेको छ। जितेन्द्र सिंह ठकुरीको कप्तानीमा रहेको टोलि मा १५ सदस्य रहेका छन।

प्रशिक्षणको जिम्मेवारीमा कलाम अलि तथा टिम म्यानेजर को भुमिकामा करन घिमिरे र सहायक म्यानेजरको रुपमा रमेश अधिकारी पनि टोलिमा समाबेश छन । दुर्इ हप्तासम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र श्रीलन्काबाट एक एक टोलिको सहभागिता रहने छ भने अन्य टोलि भारतका हुनेछन ।

लिग को आधार् मा खेलाइने उक्त प्रतियोगितामा नेपाली टोलि ले यहि जुलाइ २८ तारिखको दिन आफ्नो पहिलो म्याच खेल्ने जानकारी प्राप्त भएको छ । नेपाल क्रिकेट स्कुलले आफ्ना प्रशिक्षार्थी खेलाडीहरुलाइ यस्ता प्रतियोगिता हरुमा सहभागी गराउदै आएको छ । जसले गर्दा खेलाडीहरुले म्याच एक्स्पोजर पाउने हुदा उनिहरुमा निखारपन आएको कुरा कप्तान जितेन्द्रसिंह ठकुरि बताउँछन।

टोलिका सदस्यहरुको नामावली 
जितेन्द्र सिंह ठकुरि (कप्तान)
सौरभ सिंह पेला
रुपेश श्रेष्ठ
रिजन ढकाल
जे जे यादब
दिनेश सापकोटा
अनुराग तिवारी
शिबम तिवारि
राम खनाल
बिनम बुढाथोकी
बब्लु यादब
रुपक दाहाल
अमन पाण्डे
सुनिल थापा
बबिन शर्मा

प्रकाशित मिति: १० श्रावण २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्