साताको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा झर्यो ?


 



काठमाडौं, असोज १२
नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार दुई सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला आठ सय ४५ रुपैयाँमा झरेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्