यी ८ विषय बच्चालाई नभन्नुस् है


 


तिम्रो उमरेमा म धेरै परिपक्व र उत्तरदायी थिए

बच्चालाई आफू बच्चा हुँदा क्षमतावान थिए, तिमी अझै यस्तो छौ भनि तुलना गर्नु सबैभन्दा ठूलो भूल हो । आफू बच्चा हुँदाका कम्जोरी र आफूले अभिभावकलाई दिएका दुःखबारेमा पनि सम्झनुहोस । यस्ता कुराले बालबालिकाको आत्मविश्वास कम्जोर हुन्छ ।

बच्चाको निर्णमाथि हस्तक्षेप

अपिरिपक्व भएको भन्दै बालबालिकालाई कहिल्यै पनि सजाँय नदिनुहोस । किनकी बाल्य अवस्था बास्तवमै एउटा सिक्ने पक्रिया हो ।

उसले रोजेको अध्ययनको विषय तपाईलाई रुची नलाग्न सक्छ । उसले गरेको कामले तपाईलाई गर्व नलाग्न सक्छ ।

तपाईलाई मन नपरेमा पनि उनीहरुको निर्णयमाथि दोष नलगाउनुहोस । अभिभावकको रुपमा तपाइको काम बच्चालाई निर्देशन दिने हो तर आफ्नो बिचार लाद्ने होइन ।

दाई वा बहिनी जस्तो किन हुन्नस ?

यो पनि एउटा नसुहाउदो तुलना हो । बच्चाको क्षमतलाई लिएर उनीहरुलाई आत्मग्लानी हुने कुरा नगर्नुहोस । सबै बालबालिका जन्मदै विशेष क्षमता लिएर आउदैनन ।

तपाईले तुलना गर्दा दाजुभाईभीच नै विश्वासको खाडल उत्पन्न हुन्छ । तपाईले बालबालिकालाई तुलना गर्न थाल्नु भयो भने तपाईप्रति उनीहरुको नकारात्मक धारणा उत्पन्न हुन्छ ।

मलाई एक्लै बस्न देउ

कहिलेकाही बालबालिकाको व्याबहारले अभिभावकले आफूहरु एक्लै बस्न पाए पनि हुन्थ्यो भन्न थाल्छन् । झगडा गरे भनेर उनीहरुलाई एक्लै छोडिदिन्छौ ।

अभिभावकको यस्तो व्याबारले उनीहरुले आफूलाई अपमानित गरेको महशुस गर्छन र बिस्तारै डिप्रेसनको शिकार हुन्छ । उसलाई खराब बाटोमा जानबाट बचाउनबाट बचाउनुोस । धैर्यता कायम गर्नुहोस ।

तिमी त आफ्नै बाबु/आमा जस्तै

सबै बिबाहित जोडि सदैब खुसी भएर बाँचेका हुदैनन् । उनीहरुबीचको तिक्तता सम्बन्धपछि एक अर्काप्रति असह् शब्दको प्रयोग हुन्छ । कतिपय सम्बन्ध बिछोडमा गएर टुगिन्छन् ।

तैले मलाई सारै दुःख दिइस

अभिभावकको इच्छाविपरित गएर कतिपय बालबालिकाले आमाबुबाको भावनामा चोट पु–याउछन् । तर बालबालिकाको अत्यधिक आलोचन गर्दा उनीहरुलाई मानसिक रुपमा अशर पर्न सक्छन् ।

अबोध बालबालिकाले जे पनि गर्न सक्छ । उसको बानीलाई लिएर अत्यधिक आलोचना गर्दा उसले अपराध बोध गर्न सक्छ । बालबालिका सानै भए पनि आफ्नो निर्णय गरुन ।

तिमी जस्तो बच्चा हुनुभन्दा त निसन्तान हुन बेस

यो अभिव्यक्ती अवश्यक पनि आक्रोश र आवेगको परिणाम हुन सक्छ । तर यसले बालबालिकामा गम्भीर अशर गर्छ । निश्चय नै यस अभिव्यक्तिले बालबालिकालाई मानसिक रुपमा चोट पु–याउछ ।

खराब साथीको संगत आजैबाट छोडदउ

साथी बनाउदा हामी बयस्क मानिसले त सोच्दैनौ भने बालबालिकाले कसरी सोच्छन् होला ? साथी बनाउने सबालमा बालबालिका र हामीबीच एक मात्र फरक के छ भने खराब साथीबाट कसरी टाढा रहने भन्ने विषयमा हामीलाई थाहा हुन्छ तर बालबालिकालाई हुदैन ।

प्रकाशित मिति: १५ श्रावण २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्