१५ जनाले अामाछाेरीलार्इ बलत्कार गरे


 


नयादिल्ली, साउन १७

भारतमा एक महिला र उनकी छोरी बलात्कार गर्ने तीन जना युवालाई १४ दिन थुनामा राखेर अनुसन्धान थालिएको छ । भारत उत्तर प्रदेशको बुलंदशहरकी एक महिला र उनकी छोरीलाई आरोपितहरुले सामूहिक बलात्कार गरेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएकोे छ ।

त्यहाँका एक पुलिस अधिकारीले भनेका छन् ‘हिरासतका उनीहरुको छानिबिन हुन्छ । त्यसपछि घटनाको सत्य तथ्य बाहिर आउन आउँछ ।’ तर प्रहरीले यो घटनामा तीन जना मात्र नभएर १५ जना संलग्न रहेको आशंका गरेको छ ।

घटना भएपछि त्यहाँका मुख्य मन्त्री अखिलेश सिंहले पुलिसका एसएसपीसहित केही प्रहरीलाई निलम्बीत गरेका छन् । घटनाका बारेमा छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्