शिवम् सिमेन्टका उपभोक्ताहरुलाई चाँदी उपहार


 


काठमाडौं, कात्तिक १
गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर ग्राहकहरुलाई दीपावलीको शुभकामना व्यक्तगर्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा”नामक विक्री योजना बजारमा ल्याएको छ ।

यस योजनाअन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्कीम शुरु गरेको छ । यो योजना सिमित अवधिको लागि देशभार लागू गरिएको कम्पनीले जनाएको छ ।

सिमेन्ट जगतमा विगत लामो समयदेखि गुणस्तरीय असली ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै, निमार्ण क्षेत्रमा लोकप्रियता हासिल गर्र्न सफल शिवम् सिमेन्टले चाँडपर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पmत थप उत्साह प्रदान गर्दै आइरहेको छ । सोहि अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्कार चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लाण्टबाट आफ्नै चुन ढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्