विद्यालयमा गरिएको हवाई आक्रमणमा दश बालबालिको मृत्यु


 


साना (यमन), ३० साउन । अरब नेतृत्वको गठबन्धनद्वारा यमनी विद्रोहीको पकड रहेको राज्यको उत्तरी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी कम्तिमा १० बालबालिकाको मृत्यु भएको डक्टर विदआउट बोर्डर्स (एमएसएफ) ले आइतबार जनाइएको छ ।

एमएसएफका प्रवक्ता मलाक सहेरले हैदानस्थित कोरानिक नामको विद्यालयमा अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १५ वर्ष मुनिका १० बालबालिकाको मृत्यु भएको र २८ जना घाइते भएको पुष्टि गर्नुभएको छ । घटनापछि इरान पक्षधर हुठी विद्रोहीले हवाई आक्रमणबाट मृत्यु भएका बालबालिकाको रगताम्मे अवस्थाको भिडियो फेसबुक लगायतका सार्वजनिक सञ्जालमा सेयर गरेका थिए ।

घटनाको संयुक्त राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संस्था युनिसेफले पुष्टि गरेको छ । युनिसेफले पछिल्ला केही हप्तायता यमनी भुमिमा कैयौँ बालबालिकाको हवाई आक्रमणमा परी मृत्यु भएको बताएको छ ।

युनिसेफले यमनमा युद्धरत सबैपक्षसँग युद्धका समय अन्तर्राष्ट्रिय कानुनद्वारा निर्दिष्ट नियमको पालना गरी बालबालिका, सामान्य नागरिक तथा उनीहरुका भौतिक संरचनामाथि हमला नगर्न आग्रहसमेत गरेको छ । संयुक्त राष्ट्रसङ्घको अध्ययनले यमनमा सन् २०१५ भर भएका आक्रमणमा ७८५ बालबालिकाको ज्यान गएको र यसमध्ये ६० प्रतिशत अरब नेतृत्वको गठबन्धनले गराएको भन्दै उक्त गठबन्धनलाई राष्ट्रसङ्घले कालो सूचीमा राखेपछि साउदी अरबले आवेग प्रकट गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले साउदी अरबलाई अन्तर्राष्ट्रिय युद्धसम्बन्धी कानुनको पालना नगरेको आरोप लगाउँदै राष्ट्रसङ्घको सहायता कार्यक्रममा कटौती गर्ने चेतावनी दिनुभएको छ । गठबन्धनको निशाना विद्यालय थिएन ।

साउदी नेतृत्वको सुरक्षा गठबन्धनले आइतबार एमएसएफले बताएका १० बालबालिकाको मृत्यु आफ्नो विद्रोहीविरुद्ध गरिएको हवाई आक्रमणमा भएको बताउँदै गठबन्धनको निशाना विद्यालय नगरेको दाबी गरेको छ ।साउदी नेतृत्वको गठबन्धनले विद्यालयमा आफ्नो निशाना नभएको तर आफ्नो विमानद्वारा हुदा नामक विद्रोहीको सादास्थित तालिम केन्द्रमा विस्फोट गराइएको प्रष्ट्याएको छ ।

तर विद्रोहीले बालबालिकालाई भर्ती गरी उक्त शिविरमा तालिम दिँदै गरेकाले बालबालिकाको मृत्यु भएको दाबी गरेको छ । रासस÷एएफपी

प्रकाशित मिति: ३० श्रावण २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्