जर्मनी र ब्राजिल भिड्ने



साओ पाउलो, भदौ २ (एजेन्सी)

र्जमनी र ब्राजिल अाेलम्पिकमा फाइनल यात्रा तय गरेका छन् । उनिहरूकाे प्रतिस्पर्धा शनिबार हुने भएकाे छ । जर्मनी ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा नाइजेरियालाई २–० ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो।

साओ पाउलोमा भएको खेलमा जर्मनीको जितमा लुकास क्लस्टरमेन र निल्स पिटरसनले एक एक गोल गरे। खेलको नवौं मिनेटमानै लुकासले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए। खेल कसिन १ मिनेट बाँकी हरेको अवस्थामा निल्सले गोल गर्दै जर्मनीको जित निश्चित गरे।
जर्मनीले अब स्वर्ण पदकका लागि फाइनलमा आयोजक ब्राजिलसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। यसअघि ब्राजिल होन्डुरसलाई हराएर फाइनलमा पुगेको छ। सेमिफाइनलमा पराजित भएका होन्डुरस र नाइजेरियाले कास्य पदकका लागि शनिबार राति खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News