Deshko News
८ आश्विन २०८०, सोमबार

ओलम्पिक महिला फुटबलमा जर्मनीले जित्यो स्वर्ण



germanyरियो, भदौ ४ (एजेन्सी)

जर्मनीले रियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण जितेको छ। फाइनलमा स्वीडेनलाई २–१ ले हराएर जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक जितेको हो।

जर्मनीका लागि डिजेडसेलिफर मारोजानले ४८ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाइन्। स्वीडेनकी लिन्डा सेमब्रन्टले ६२ औं मिनेटमा आत्मघाती गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारिन्।

स्वीडेनका लागि स्टीना ब्ल्याकस्टाइनिएसले ६७ औं मिनेटमा एक गोल फर्काइन्। हारेको स्वीडेनले रजत पदकमा चित्त बुझायो। जर्मनी भने क्यानडालाई हराएर फाइनलमा आएको थियो।

प्रकाशित मिति: ४ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News