सहकारी क्षेत्रलाई अपडेट हुन मुख्यमन्त्री राईको सुझाव


 


विराटनगर, २२ कात्तिक
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारी क्षेत्रलाई अपडेट हुन सुझाव दिनुभएको छ । सहकारी भित्र विभिन्न विकृति विसंगती रहेको भन्दै मुख्यमन्त्री राईले सहकारीलाई अपडेट हुन सुझाव दिनुभएको हो ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेडले विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विकृति र विसंगती हटाएर सहकारीलाई दरिलो बनाएर लान सके विकास र संवृद्धिको यात्रा मजबुत र दरिलो हुने बताउनुभयो ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण र औधोगिकरणलागि समेत सहकारी महत्वपुर्ण खम्बा भएकाले अब नयाँ ढंगबाट सहकारीले अगाडी बढ्नुपर्ने उहाँको राय छ । प्रदेश सरकारले बनाएका योजनामा सहकारीलाई जोडदै लाने र स्थानीय सरकारहरुले पनि सहकारीलाई जोडेर विकास र संवृद्धिको यात्रामा अगाडि बढाउन आग्रह गर्नुभयो ।

‘प्रदेश र स्थानीय तहको समृद्धिका लागि सहकारी’ नाम दिइएको दुई दिने गोष्ठिमा प्रदेश नं. १ का अधिकतर स्थानीय तहका प्रमुख उपप्रमुख र सहकारी अभियन्ताहरु सहभागी छन् ।

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्