१७ महिनदेखी गर्भवति, जन्मिएन बच्चा !



pregnentमानिसको गर्भावस्था भनेको अधिकतम ९ महिनाकेा हुन्छ । तर चीनमा एक महिला भने १७ महिनादेखि गर्भवती छिन् । पत्याउनै गाह्रो पर्ने यो घटना चीनको हुनान प्रान्तको हो ।

हुनानकी वांग शी नामकी महिला सन् २०१५ को फेब्रुअरीमा गर्भवती भएकी हुन् । उनको गर्भमा रहेको भ्रुण बस्ने साल अर्थात् प्लासेन्टा राम्रोसँग विकशित नभएको हुँदा डाक्टरहरुले सुत्केरी गराउन नमानेको उनको दाबी छ । तर अब छिटै उनी आमा बन्नेवाला छिन् ।

वांगका अनुसार उनको डेलिभरी डेट सन् २०१५ को नोभेम्बरमा थियो । तर जब उनी डेलिभरीका लागि डाक्टरकोमा गइन् तब उनको प्लासेन्टा राम्रोसँग विकास नभएको भनी शल्यक्रिया गर्न डाक्टरले मानेनन् । १४ महिनासम्म पनि डाक्टरहरुले यस्तै भने ।

डाक्टरलाई पर्खिँदा पर्खिँदै गर्भको बच्चा झण्डै डेढ वर्षको हुन थालेपछि भने वांग अब आफै बच्चा जन्माउने तरखरमा छिन्, शल्यक्रिया नगरीकनै ।

वांगले आफु १७ महिनाकी गर्भवती भएको बताएपछि कतिपय डाक्टरहरुले भने यस्तो हुनै नसक्ने दाबी गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News