‘वारि जमुना पारि जमुना’ का गायक रहेनन्



khemraj gurungकाठमाडाैं, भदाै ९

‘वारि जमुना पारि जमुना.. ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ ।

जण्डिस देखिएपछि उनलाई १० दिनअघि अस्पताल लगिएको थियो । तर, स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष (आईसीयूमा) राखिएका उनको अवस्था थप नाजुक भएपछि विहान ८ बजेतिर भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकहरुका अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको थियो ।

थप उपचारका उनलाई बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि नाजुक अवस्थामा लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा रद्द गरिएको थियो । गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News