यी हुन् भूकम्पीय जोखिममा रहेका शहर


 


vukampaप्रतिष्ठित अमेरिकी पत्रिका फोर्ब्सले सन् २००७ मा भूकम्पीय जोखिममा शहरहरूको सूचि सार्वजनिक गरेको थियो। फोर्ब्सले ६ रेक्टर स्केलको भूकम्प आएको खण्डमा यी शहरहरूमा कति संख्यामा मानिसको हताहती हुनसक्छ भन्ने अनुसन्धानमा आधारित अनुमानसमेत सार्वजनिक गरेको थियो। फोर्ब्सले गरेको हताहतीको अनुमान गलत साबित भए पनि उसले संवेदनशील भनी तोकेका शहरमा विनाशकारी भूकम्प जाने क्रम अझै जारी छ। फोर्ब्सले तयार पारेको जोखिमयुक्त शहर र ६ रेक्टर स्केलको भूकम्प आएमा हताहती हुने मानिसको अनुमान यस्तो छः
काठमाडौँ (नेपाल): ६९,०००
इस्तानबुल (टर्की): ५५,०००
नयाँ दिल्ली (भारत): ३८,०००
क्विटो (इक्वेडर): १५,०००
मनिला (फिलिपिन्स): १३,०००
इस्लामावाद/रावलपिन्डी (पाकिस्तान): १२,५००
सान साल्भाडोर (एल साल्भाडोर): ११,५००
मेक्सिको सिटी (मेक्सिको): ११,५००
इज्मिर (टर्की): ११,५००
जाकार्ता (इन्डोनेसिया): ११,०००
टोकियो (जापान): ९,०००
मुम्बई (भारत): ८,०००
गुयाक्विल(इक्वेडर): ४,३००
बाङडुङ (इन्डोनेसिया): ३,६००
सान्टियागो (चिली): २,७००
तास्कन्द (उज्बेकिस्तान): २,५००
तिजुआना (मेक्सिको): १,८००
नागोया (जापान): ९००
अन्टोफागस्टा (चिली): ८००
कोबे (जापान): ३००
(‘फोर्ब्सबाट)

प्रकाशित मिति: १७ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्