मलेसिया काम गर्न गएका नेपाली युवकको मृत्यु


 


सल्यान, मंसिर १४
वैदेशिक रोजगारीका लागि मलेसिया गएका सल्यानका एक युवकको मृत्यु भएको छ । सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ साइलाकम्दका ३१ वर्षीय प्रदिप बस्नेतको मृत्यु भएको हो ।

अचानक मुटु दुखेपछि उपचारका लािग अस्पताल लैजाने तयारी गर्नेक्रममा युवकको मृत्यु भएको हो । उनको हर्टअट्याकका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् ।

तीन वर्षअघि मलेसिया पुगेका प्रदिप कार्यवधि सकिएपछि पुनः एक वर्ष थप गरेर सेलाङ्गस्थित पुचुङमा स्क्वाइड सेक्युरेटीमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति: १४ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्