क्रिकेटलाई ढाल बनाइ मानव तस्करी गरिएकोमा समर्थक समाज अाक्राेशित


 


received_1211992672179559काठमाडाैं, भदाै १०

केही समय अगाडी जापानमा आयोजित मैत्रीपुर्ण क्रिकेट खेल खेल्न जाने क्रममा  नेपाली खेलाडीका साथ केही गैर खेलाडीलाई खेलाडीको भेषमा जापान पुर्याएर समग्र क्रिकेट तथा खेलकुद क्षेत्रको बदनामी गरेको भन्दै समाचार बाहिरिएपछि अहिले समर्थक भित्र आक्रोशको ज्वाला फैलिएको छ । देशको परिचय दिलाउन र इज्जत बढाउन सफल खेललाई प्रयोग गरी केही व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न यस्तो खेल खेल्नु पक्कै पनि देश र खेलको लागि बिडम्वना हो ।

उक्त घटना प्रति देशको एक मात्र खेल समर्थकहरुको आधिकारिक सस्था नेपाली क्रिकेट समर्थक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । उक्त घटनालाई ध्यानाकर्षण गर्दै समाजका अध्यक्ष भानुभक्त सिग्देलले प्रेस विज्ञप्ती मार्फत सम्बन्धित निकाय र प्रहरी प्रशासनलाइ सत्यतथ्य पत्ता लगाइ दोषी माथि कारवाही गर्न माग गरेका छन ।

देशको इज्जत बोक्दै आएको क्रिकेटलाई असर पुर्याउने गरी घिनलाग्दो खेल खेलियो त्यसको यथार्थ बाहिर ल्याउन र दोषिलार्इ कठघरामा उभ्याउन समाज आफुले सक्ने जुनसुकै सहयोग गर्न तयार रहेको विज्ञप्तीमा उल्लेख छ ।  स्मरण रहोस नेपाली क्रिकेट समर्थक समाज, क्रिकेट खेलको बिकास, बिस्तार र यस क्षेत्रमा सहयोग तथा बिकृति बिरुद्द खबरदारी गर्नको लागि खोलिएको समर्थकहरुको एक सस्था हो । जसले क्रीकेट खेलका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्