नेपाली क्रिकेट समर्थक समाजद्वारा मानव तस्करी बिरुद्ध बिरोधको कार्यक्रम सार्वजनिक


 


14159033_1212772865434873_1061173087_nकाठमाडाैं, भदाै १२

हालसालै सार्वजनिक भएको क्रिकेटको बहाना गरि मानव तस्करी गरिएको घटनाको बिरुद्द समग्र क्रीकेटप्रेमीहरु एकजुट भएका छन । हालै जापानमा सम्पन्न एक मैत्रीपूर्ण खेलका लागि केही नेपाली क्रिकेट खेलाडी र केही खेलाडीको भेषमा गैरखेलाडी जापान पुर्याएर मोटो रकम असुलेको घटना सार्बजनिक भएपछी घटनाको चर्को बिरोध साथै दोसिउपर कडाभन्दा कडा सजाय हुनुपर्ने माग सर्बत्र उठिरहेको छ।

यस घटनाले नेपाली खेलकुद पुन विश्व खेल जगतको चासोको बिषय बन्न पुगेको छ । यसले पार्ने नकारात्मक असरलाई निराकरणको लागि त्यस्ता तस्कर बिरुद्द आवाज बुलन्द बन्दै गएको छ। यस्तो हुनु पक्कै पनि नेपाली खेल ईतिहासको लागि नराम्रो सकेत हो ।

यसैबिच नेपाली क्रीकेट समर्थक समाजले घटनाको बिरोध र दोषीमाथी कडा भन्दा कडा सजायको माग राख्दै विज्ञप्ती प्रकाशित गर्नुको साथै उक्त घटनाका दोषीलाइ उचित छानबिन गरि कानुनी दायरामा ल्याएर कडा भन्दा कडा सजाय होस भन्ने दवावस्वरुप यही भाद्र १३ गते साझ ५ बजे माइतिघर मन्डलामा बिरोध तथा दवाब कार्यक्रम सार्वजनिक गरेको छ । सम्पुर्ण खेलप्रेमी तथा नेपाली क्रीकेटका शुभचिन्तक हरुलाइ उपस्थितीको लागि अनुरोध पनि गरिएको छ ।

आफ्नो अभियानको बारेमा देशकोन्युजसग संक्षिप्त्त कुराकानी गर्दै नेपाली क्रिकेट समर्थक समाजका अध्यक्ष भानुभक्त सिग्देलले भन्छन – अहिले जुन बिषम परिस्थितिको मौका छोप्दै तस्करहरुले नेपाली क्रीकेटलाई ढाल बनाएर मानव तस्करी जस्तो जधन्य अपराध गरेका छन यसले समग्र खेलक्षेत्रकै बदनाम हुनसक्ने हुदा सत्यतथ्य पत्ता लगाइ दोषीमाथी कडा कार्बाहि होस भन्नाका खातिर सरोकारवालाहरुलाइ दबाब दिने उद्देश्यले यो दबाब कार्यक्रम राखिएको हो। तसर्थ सम्पुर्ण खेलकुदप्रेमी हरुको उपस्थितिको अपेक्षा गर्दछु ।

राष्ट्रको गौरबलाइ यस्ता घटनाहरुले नकारात्मक असर पुग्ने हुदा यस्तो घटनाको बिरोध गर्नु हामी सबैको दायित्व पनि हो। साथै छानबिन प्रक्रियामा जस्तोसुकै सहयोग गर्न पनि नेपाली क्रीकेट समर्थक समाज तयार रहेको समेत उनी बताउछन।

प्रकाशित मिति: १२ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्