राष्ट्रिय महिला किक्रेट टोलीको प्रशिक्षण शुरु हुँदै


 


mahila criketकाठमाडौं भदौ १५

बर्षौ पछिको प्रतिक्षापछि नेपाली राष्ट्रिय महिला टोलीले खेल्न लागेको अन्तर्राष्ट्रिय म्याचको लागि तयारी शुरु हुने भएको छ। राखेपले गत साता सार्वजनिक गरेको ३८ जना खेलाडीहरुलाई यहि भदौ १६ गते  देखि टियु मैदानमा प्रशिक्षणको लागि बोलाएको छ।

क्याम्पमा मुख्य प्रशिक्षकको रुपमा राजु बस्नेतले टिमको प्रशिक्षण गराउने छन भने बलिङ्गतर्फ बिनोद दासले प्रशिक्षण दिनेछन।

आइसिसि महिला बिश्वकपको एशिया क्षेत्रीय छनोटमा भाग लिने नेपाली महिला टिमको अभ्यासको पहिलो चरण किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुरु हुनेछ । पहिलो चरणमा छानिएका ३८ खेलाडीहरुलाई शुरुमा फिटनेशको लागि अभ्यास गराइने छ ।

त्यसपछी ३८ जना खेलाडीलाई ३ टिम बनाएर जम्मा २ अभ्यास म्याच खेलाइने छ। सोही २ म्याचको प्रदर्शनको आधारमा खेलाडीको शर्ट लिस्ट बनाएर दोस्रो चरणको अभ्यास को लागि खेलाडी छनोट गरिने अभ्यास तालिका रहेको समाचार देशको न्युजलाई प्राप्त भएको छ।

छनोट भएका ३८ खेलाडीहरु आज साझसम्म नक्सालस्थित होटेल क्राउनप्लाजामा पुगेका छन् । अभ्यास समयावधिभर खेलाडीलाई त्यहा राखिने ब्यबस्था गरिएको छ।

आगामी अक्टोबर ९ देखि १६ सम्म हङकङमा हुन गइरहेको प्रतियोगिता आउन अब लगभग एक महिना बाकी रहदा नेपाली टोलिको प्रशिक्षण शुरु हुन लागेको हो। थोरै समय बिचपनि राम्रो प्रशिक्षण हुनेमा खेलाडीहरु आशाबादी छन।

महिला खेलाडीहरु यसलाइ अवसरको रुपमा लिन्छन । छनोटमा परेकी एक खेलाडी देशको न्युज सग भन्छिन – लामो समयपछिको पर्खाइपछि हामी कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागिरहेछौ ,अवसर पाउँदा हामी पनि देशको गौरब बढाउन सक्षम छौ भनी प्रमानित गर्ने यो अवसर हुनेछ।जसले गर्दा आगामी दिनमा नियमित रुपमा सहभागिताको लागि बल मिल्नेछ।

प्रकाशित मिति: १५ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्