चतराको कोशी पुल निर्माण अन्तिम चरणमा


 


देबेन्द्र कार्की
चतरा  (सुनसरी) जेठ १७chatra-pull

राष्ट्रिय योजना अन्तर्गत चतरास्थित कोशी पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जेठ अन्तिममा पुल बनि सक्ने ठेकेदार कम्पनि कालिका कन्सट्रक्सन प्रालीले जनाएको छ । कोशी नदीको पक्की पुल निर्माण सम्पन्न हुन १ प्रतिशतमात्र बाँकी रहेको कम्पनिले दावी गरेको छ । कोशी व्यारेजको विकल्पमा निर्मााण थालिएको यो योजना राष्टिूय योजनाको हो । राष्टूय महत्वको योजना भएकाले कम्पनिले प्राथामिकतामा राखेर काम गरिरहेको कालिका कन्सटूक्सनका का अध्यक्ष विक्रम पाण्डेले बताएका छन् । १२ बर्ष अघि राष्टिूय योजना आयोगले सम्भाव्यताबारे अध्ययन गरेको थियो ।

पुल निर्माणसँगै सुनसरीको नडाहा चतराघाट कोशीपुलसम्म ११ किलोमिटर र कोशीपुलदेखि सप्तरीको कञ्चनपुर बेरियर पूर्व पश्चिम राजमार्ग जोड्ने ६२ किमीकालोपत्रे सडक पनि निर्माण कार्य थालिएको कालिका कन्सटूक्सनका प्रोजेक्ट म्यानेजर छत्र अर्यालले जानकारी दिएका छन् । ‘वर्षा अगावै पुल निर्माणको कार्य सकिने छ । ९९ सय प्रतिशतकाम सकिएको छ । प्रोजेक्ट मेनेजर अर्यालले भने ‘डेस्क ल्याप र एप्रोच रोडका काम सकिसकेको छ ।’ जेठ भित्र काम सक्छौ ।’ काम सकिएपछि सरकारलाई हस्तान्तरण गरे पछि मात्र पुलबाट आउजाउ गर्न मिल्ने कम्पनिले जनाएको छ । कोशी पुलको काम सकिने बितिक्कै १२ मिटर चौडाइ साढे ७ मिटर कालोपत्रे सडक र दुवैतर्फ मेटेरियल रहने सडकसमेत निर्माण हुदै छ ।

कालोपत्रे निर्माणकै क्रममा सुनसरीमा ३ वटा पक्कीपुल र उदयपुर क्षेत्रमा १५ वटा सानातिना पक्की पुल गरी १८ वटा पुल निर्माण गरिने उनले बताए । हाल ५ वटा पुलको निर्माण कार्य जारी रहेको छ भने ८२ वटा कल्भर्ट निर्माणाधीन रहेको बताइएको छ । निर्माणाधीन पक्कीपुलमध्ये सबैभन्दा ठूलो पटनाली खोलाको पुल १ सय १० मिटर लम्बाइको हुने बताइएको छ । अर्यालका अनुसार पानीमुनि ५ वटा हेभ्भी पिल्लर रहेको कोशीपुल नेपालमा निर्माण गरिएका मध्येको महङ्गो र अत्याधुनिक हो ।

कोशीपुल नेपाल कै नं. १ पुल मानिन्छ । अत्याधुनिक निर्माण सामग्रीको प्रयोग गरी निर्माण गरिएको कोशी पुल नेपालमै पहिलो पटक निर्माण भइरहेको छ । पिल्लरमाथि स्टिल टूस्ट लगाई आरसिसी ढलान गरी निर्माण गरिएको पुलको लम्बाइ २ सय ६२ मिटर, मोटर हिड्ने बाटोको चौडाइ ८ मिटर २५ सेन्टिमिटर र दुबैतर्फ मान्छे हिड्ने डेढ फुटको पेटी रहेको छ । १ सय ८० मेटिूक टन भारवहन क्षमता भएको पुलमाथि लेजर सिस्टमका १० वटा अत्याधुनिक सोलारसिस्टमका बत्तिहरु रहने छन् । टेण्डर भित्र नभए पनि कालिका कन्स्टूक्सनका तर्फबाट १० लाख बराबरको पेन्ट गरेर पुललाई आकर्षक बनाउने योजना रहेको अर्यालले बताए । यो टेक्डरको सम्झौतामा पर्दैन । ७९ करोड १३ लाख७० हजार ७ सय रुपैया ४० पैसाको लागतमानिर्माण सम्पन्नहुने पुलमा एसियाली विकास बैंकको ६० प्रतिशत र नेपाल सरकारको ४० प्रतिशत रहेको छ । नेपालको कालिका कन्स्टूक्सन र चिनको सिटिसिइ कम्पनीले निर्माणको काम जिम्मा लिएको थियो ।
१४ नोभेम्बर २०११ नेपाल सरकारसूग सम्झौता गरी मार्च २०१४ सम्मकाम सक्नुपर्ने भनेपनि समय थप गरी २ मे २०१५ सम्ममाकाम सक्नु
पर्ने सम्झौतामाउल्लेख छ । २ अर्ब ३४ करोडको लागतमा निर्माण हुने लागेको कालोपत्रे र पुलनिर्माणको कार्य २०१७ मेमा सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको प्रोजेक्ट म्यानेजर अर्यालले बताए ।
कोशीपुल निर्माण सम्पन्न भएपछि उदयपुर र सुनसरी जिल्लामात्र नभएर पूर्वी पहाडी जिल्लाका बासीन्दाहरुलाई राजधानी जोड्ने सहज हुने छ । उदयपुरका विकटक्षेत्रका वासिन्दालाई शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य सामग्री र उत्पादन बिक्रीका लागि समेत सहज हुने छ । पुल बने पछि तराईमा हुने बन्द हड्तालले पूर्वी पहाडी क्षेत्रका बासिन्दालाई अवरोध हुने छैन । पुल नहुदा उदयपुरको पूर्वी इलाकाका स्थानियहरु ढुङगा तरेर धरान विराटनगर आउजाउ गदै आएका थिए । पुल निर्माण पछि यहाँ बासिन्दा ठूला अस्पतालमा उपचारका लागि जान सहज हुने उदयपुर मैनामैनीका सरोज विष्टले बताए ।
उदयपुर र सुनसरी जिल्लामा गरी कूल ७३ किमी कालोपत्रे सडक निर्माणसँगै १८ पुल र ८२ कल्भर्ट निर्माण गर्ने ठेक्कापाएको कन्सटूक्सनले उदयपुर जिल्लामा अझै सरकारले मुआब्जा वितरण नगरेका कारण निर्माणमा ढिलाइ भएको कम्पनिका मार्केटिङ मेनेजर हरी पराजुलीले जानकारी दिए । कालोपत्रे निर्माणका लागि नेपाल सरकारले वितरण गर्ने मुआब्जा सुनसरी जिल्लामा ९० प्रतिशत सकेको छ भने सप्तरी र उदयपुरमा १० प्रतिशतमात्र मुआब्जा वितरण गरेको पराजुलीले बताए ।

प्रकाशित मिति: १७ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्