जर्मनीको फुटबल कप्तानमा म्यानुयल


 


manuel neuerजर्मनी, भदाै १७

बायर्न म्युनिकका गोलरक्षक म्यानुयल न्युएरलाई बिहीबार जर्मनीको फुटबलको कप्तान बनाइएको छ । विश्वकप २०१४ को उपाधि हाँसिल गराउन सफल बास्टिएन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिएपछि न्युएरलाई जर्मनीको फुटबलका कप्तानका रुपमा घोषणा गरिएको हो ।

जर्मनीको फुटबल समितिले ट्वीट गरी ३० वर्षे न्युएर सन् २०१८ मा हुने विश्वकपका लागि छनोट चरणको खेलमा जर्मनीको फुटबलको कप्तानी गर्नेछन् । उनको नेतृत्वमा जर्मनीले पहिलो खेल नर्वेको ओस्लोमा आइतबार हुने छनौट चरणको खेल हुनेछ ।

प्रकाशित मिति: १७ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्