आठ घण्टापछि सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ


 


मकवानपुर, पुष ३
अपहरणमा परेको एक जनाको प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय, मकवानपुरले अपहरणमा परेका रामेछाप दोरम्बा वडा नम्बर ५ का नरेश थापा मगरलाई सकुशल उद्धार गरेको हो ।

बुधबार बिहान बाराको अम्लेखगञ्जबाट बा२ज ५९५ नम्बरको ट्याक्सीमा काठमाडौं जान लागेको अवस्थामा हेटौंडा ४ बाट सो ट्याक्सीमा सवार काभ्रे, मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ का सरोज सापकोटालाई कुटपिट गरी नरेश थापा मगरलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

अपहरणकारीले थापा मगरलाई बा२ज ५३५६ नम्बरको ट्याक्सीमा लिएर गई हेटौंडा–९ लामसुरेमा सरस्वती तामाङ्गको घरमा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा काठमाडौं पूरानो बानेश्वरका आशिष सिजापति, कञ्चनपुर जिल्ला श्रीपुरका सुनिता धामी, धादिङ्ग नेत्रवतीका कृष्ण गुरुङ्ग, धादिङ्ग नेत्रवतीका ट्याक्सी चालक आशिक लामा, मकवानपुर, हेटौंडा-९ की सरस्वती तामाङ्गलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: ३ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्