‘सभामुख र उपसभामुखमा समाजवादीको दाबी छैन’


 


काठमाडौं, पुस ५
समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्किएर नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले सो कुरा बताएका हुन्।

‘बहुमत प्राप्त नेकपाको नेतृत्वमा सरकार भएको हुनाले उहाँहरुले जे चाहनुभयो त्यही हुन्छ । त्यसकारण हाम्रो कुनै दाबी छैन्,’ पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने । हाल सभामुखको पद रिक्त छ । उपसभामुखमा नेकपाकै प्रतिनिधि शिवमाया तुम्बाहाम्फे छन् । सभामुख र उपसभामुख दुवै एकै दलका प्रतिनिधि रहन नहुने संवैधानिक व्यवस्था अनुसार दुवै पदमा निर्वाचन गराउने तयारी नेकपाको रहेको छ ।

यस्तै अध्यक्ष भट्टराईले सरकारमा रहने वा नरहनेबारे पार्टीले छिट्टै निर्णय लिने पनि बताएका छन् ।‘हामी टेक्निकल्ली सरकारमा छौं । संविधान संशोधन गर्ने भनेर शसर्त सरकारमा गएका हौं तर, यसमा उहाँहरुले चासो देखाइरहनुभएको छैन् । अब अन्तिम पटक उहाँहरुसँग कुरा गछौर्ं र सरकारमा रहने नरहनेबारे निर्णय गछौ,’ उनले भने ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि उाले पदबाट राजीनामा दिएका थिए। महराको राजीनामा सँगै सभामुख पद खाली रहेको छ।

प्रकाशित मिति: ५ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्