ओझेलमा सिला सुत्केरी



sudhirसुधीर राई

भोजपुर जिल्लाको दक्षिण क्षेत्र खैराङ गाविस ७ एकले पिपल नजिकै रहेको सिला सुत्केरी ढुंगा ओझेलमा परेको छ । अनेकौं इतिहास किबदन्ती र धार्मिक आस्थाको रूपमा हेरिएता पनि स्थानीय, बुद्धिजीवी, समाजसेबीहरुको नजरमा नपर्दा अझैसम्म ओझेलमा परेको हो । हुन त सिला सुत्केरीको नामबाट स्थानीय बासिन्दाले सिला सुत्केरी प्राथमिक बिधालय स्थापना पनि गरि सक्नु भएता पनि दुखको कुरा यस सिला सुत्केरी जगेर्ना, बचाउनको लागी कुनै तारबार या पर्खाल सम्म लगाइएको पाइन । आफ्नो पहिचान , आफ्नो सम्पती,बचाउन र प्रचार प्रसार गर्नबाट स्थानीय बासिन्दा चुकेको आभास हुने गर्दछ । इतिहास र किबदन्ती अनुसार सत्य युगमा जीबजन्तु , जनवार, ढुंगा सबैले बच्चा जन्माउने गरेको र सिला सुत्केरी पनि बच्चा जन्माउदा जन्माउदै गर्दा कलियुगको सुरुवात भएकोले बिचैमा अल्पेको भन्ने इतिहासकार बुढापाकाहरुको मुख बाट सुन्न सकिन्छ । एक जमाना यो बाटो तराई संग जोडने बाटोको रूपमा लिने गरिन्थ्यो । यही बाटो भएर नुन, तेल, खाद्यान्न बोकेर हिड्ने गोरेटो बाटोको रूपमा, सयौंको संख्यामा यात्रा गर्ने गरिन्थ्यो ।sila जो बटुवाहरुले यात्रा सफलता साथै कुनै चोटपटक ठेस नगागोस भनेर, फुल, तितेपाती आदि चढाउने र ढोग्ने गरेको र आफुले चिताएको र यात्रा सफल भएको जनमानस अझैसम्म रहि आएको छ । एउटा इतिहास बोकेर पनि स्थानीय स्तरमा कुनै निकायले चासो नदिनु दुखको कुरा हो । यद्यपि प्रचार प्रसार गर्न सकेमा स्थानीय स्तरमा जीवनस्तर उकास्न मद्दत पुग्ने छ । ( माल पाएर चाल नपाउनु , आफ्नो घरको नजीकको देउवा हेला ) भन्ने उखानको याद दिलाउने गर्दछ । ग्रामीण सडक अवधारणा संगै भोजपुर सदरमुकाम , धनकुटा, उदयपुर , खोटाङ संग यो ठाउ सम्मको बाटोले छुइसकेको छ हिजोआज ,टयाकटर , जीव ,भेन पिकअप आदि पुग्ने गरेको छ यसै क्षेत्रमा हतुवा गढि , संखम चुली , सय बृक्ष रुख , पातलेपानी पोखरी आदि पर्दछ्न । यस क्षेत्रमा स्थानीय बजारहरु मुख्य बजार घोरेटार, पुर्नेबजार, बयाङ पर्दछ्न, भने अन्य बजारहरु बालङखा, मानेभन्ज्याङसम्म पनि प्रतक्ष लाभ मिल्ने देखिन्छ । स्थानीय बजारहरुमा प्रयटन सम्बन्धि जानकारी सूचना बोड, होटेल बाटो आदिको जानकारी मुलुक स्थानीय स्तरबाट पहल हुन आवश्यकता देखिन्छ । यद्यपि आ आफ्नो गाउँ क्षेत्रमा भएको पहिचान, मठ मन्दीर, पोखरी प्रचार प्रसार ब्याबस्थाप गर्न सकेमा आफ्नै गाउँमा सुन फलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News