के थियो उपेन्द्र यादवको प्रस्तावमा ? जसले राजीनामा दिनुपर्यो


 



काठमाडौं, पुस ९
उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री संविधान संशोधनबारे ठाडै प्रस्ताव गर्दा त्यसले स्वयम उपप्रधानमन्त्री यादवले नैतिकताका आधारमा राजीनामा दिनुपर्यो ।

मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकिएपछि उपप्रधानमन्त्री एवम् कानुनमन्त्री यादवले प्रधानमन्त्रीलाई मेरो एउटा प्रस्ताव छ भन्दै संविधान संशोधनको लिखित प्रस्ताव प्रधानमन्त्रीलाई दिएका थिए ।

एकाएक ठाडो प्रस्ताव आएपछि प्रधानमन्त्री ओली जंगिए । प्रधानमन्त्रीलाई उधृत गर्दै एक मन्त्रीले भने, ‘संविधान संशोधन प्रस्ताव जति बेला मन लाग्यो त्यति बेला ल्याउने हो ? एउटाले ल्याएर हुन्छ र ? संशोधन एउटा मन्त्रीले भनेर हुन्छ ? जसले जसरी जुन बेला ल्याए पनि हुने, यही हो विधि ? संविधान संशोधन गर्न राजनीतिक सहमति चाहिँदैन ?’ यति भनेर प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको ती मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले मंसिर ४ गते समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्हाल्दै आएको मन्त्रालय खोसेर कानुन मन्त्रालयमा सरुवा गरिदिएका थिए। त्यसै गरी समाजवादीबाट एउटा राज्यमन्त्री खोसिएको थियो।

पछिल्लो समय नेकपा राजपासँग नजिक हुन थालेको छ। माघ ९ मा हुन लागेको राष्ट्रिसभा निर्वाचनका लागि राजपा र नेकपाबीच तालमेल भइसकेको छ। समाजवादी पार्टी आवश्यकता आधारमा संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा गएको थियो।

संघीय समाजवादी र नयाँ शक्तिबीच एकीकरण भएपछि यसबारे प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी थियो। प्रधानमन्त्री बिरामी भएका कारण समावादीले कुरा राख्न पाएको थिएन। अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: ९ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्