विश्वकप छनौटमा जर्मनीको सुखद सुरुवात


 


Germanyकाठमाडौं, भदौ २०

थोमस मुलरले दुई गोल गरेपछि विश्वकप छनौटमा साविकको विजेता जर्मनीले सुखद सुरुवात गरेको छ । समूह सीमा रहेको जर्मनीले छनौटको आफ्नो पहिलो खेलमा नर्वेमाथि ३-० को जित निकालेको हो ।

ओस्लोमा भएको खेलमा जर्मनीे १५ औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिममा किमिचले गोल गरे । उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो ।

खेलको ६० औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनी ३-० ले विजयी भएको छ । जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा आयोजक राष्ट्र फ्रान्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति: २० भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्