सगुन लाइट एप अन्ततः ‘सोशल स्मार्ट कार्डमा’, यसरी आर्जन गर्नुस् क्वाइन


 


काठमाडौं, पुस १२
सन् २०१४ मा फेरि सुरु गरिएको सागुन लाइट एप एक प्रकारकाे समाजिक संजालकाे प्लेटफर्म रहेकाे छ। यसले अन्ततः माेबाइलमा चल्ने गरी साेशल स्मार्ट कार्ड सुविधा ल्याएको छ।

सगुन लाइट एप सबै सामाजिक संजालकाे मिश्रण हो। फेसबुक, स्नैपच्याट, इन्स्टाग्राम, व्हाट्सएप, र ट्विटरका केही सुविधाहरू याे एपमा समावेश गरिएकाे छ।तर एउटा प्रमुख सुविधाका कारण अन्य समाजिक संजालबाट यो एप फरक छ। जुन हाे “साेशल स्मार्ट कार्ड” विशेषता।

सगुनको सोशल स्मार्ट कार्ड के हाे ?

यो सुविधा धेरै पहिला प्रयाेगमा ल्याउने गरी कदम चालिए पनि प्रविधिक समस्याका कारण स्थागित गरिएकाे थियाे। तर अन्तत: याे विशेषतासहितकाे सगुन सोशल स्मार्ट कार्ड प्रयाेगमा ल्याइएकाे छ।याे एपकाे प्रयाेग गर्दा क्वाइनकाे रूपमा पैसा पाउन सकिन्छ। याे एपले कसरी काम गर्छ भन्ने उत्सुकता मेटाउनकाे लागि माेबाइलमा सगुन लाइट एप डाउनलाेड गरी इन्सटल गर्नुहाेस्।

यो “साेशल स्मार्ट कार्ड” के काम गर्छ?

साेशल स्मार्ट कार्ड मार्फत नि: शुल्क क्वाइन जम्मा गर्न सकिन्छ। त्यसकाे लागि सगुन लाइट एपकाे प्रयाेग गर्नुपर्ने हुन्छ। जम्मा भएकाे क्ववाइनकाे प्रयाेग गरी रिचार्ज, गिफ्ट लगायतकाे बस्तु प्राप्त गर्न सकिन्छ। सामान्यतया यस एप मार्फत साेशल स्मार्ट कार्डले क्रेडिट कार्ड जस्तै काम गर्दछ।

यो सुविधा प्रयोग गर्नकाे लागि निम्नलिखित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

-पहिले, प्रयोगकर्ताहरूले गुगल प्ले स्टाेर मार्फत एप इन्स्टल गरी आफ्नो ईमेल वा फोन नम्बर प्रयोग अन्य समाजिक संजाल जस्तै एकाउन्ट बनाउनु पर्छ।

-त्यस पछि, प्रयोगकर्ताले फोन नम्बर प्रमाणित गरेर साेशल स्मार्ट कार्ड सुविधा सक्रिय गर्नु पर्छ। सुरुमा, सक्रियता पछि प्रयोगकर्ताले १०१ सिक्का प्राप्त गर्नेछन्।

यो एक सामाजिक मिडिया प्लेटफर्म भएकोले पोष्ट गर्ने, लाइक गर्ने वा कमेन्ट गरेकाे आधारमा क्वाइन जम्मा गर्न सकिन्छ।

त्यस्तै यसकाे अतिरिक्त कुनै साथीलाइ याे एप इन्स्टल गर्नाकाे लागि रेफर गर्नु भयाे भने थप क्वाइन आर्जन गर्न सकिन्छ। तर क्वाइन खर्च गर्नकाे लागि कम से कम २५ हजार क्वाइन पुर्याउनु पर्ने हुन्छ। त्यसपछि उक्त क्वाइनकाे प्रयाेग गरी रिचार्ज, गिफ्ट लगायतकाे लगायतका चीजहरू पाउन सकिन्छ।

यस बाहेक निश्चित अवसरहरूमा साथीहरू, परिवार वा आफन्तहरूलाई पनि क्वाइन दिन सकिन्छ। यदि एपले त्याे क्षेत्रमा काम गर्छ भने पैसाकाे सट्टा सगुनकाे क्वाइन पठाउन सकिन्छ।

ठिक छ, यो नयाँ कार्यक्षमताको बारेमा हो। यदि तपाईंले मलाई सोध्नुभयो भने, मलाई लाग्छ कि यो वास्तवमै एक उत्तम तरिका हो। हामी हाम्रो धेरैजसो समय सोशल मीडियामा खर्च गर्दछौं। त्यसोभए, यस एपलाई एक चोटी प्रयाेग गरेर सजिलै क्वाइन आर्जन गर्दा के विगरिन्छ र।

त्यसोभए, यदि तपाइँ यस एपलाई एक मौका दिन र नि: शुल्क रिचार्ज, गिफ्ट लगायतकाे बस्तु पाउने आशा गर्नुहुन्छ भने, तपाइँ यसलाई Google Play Store बाट डाउनलोड गर्न सक्नुहुनेछ।

प्रकाशित मिति: १२ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्