Deshko News
१३ आश्विन २०८०, शनिबार

कुवेतमा नेपाली महिलाकाे मृत्यु



kubet nepali womenकुवेत, भदाै २१

कुवेतमा एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया बुटवल निवासी रमा गुरुङ रहेकी छिन् । प्राप्त जानकारीका अनुसार कुवेतको जिलिबमा बस्दै आएकी गुरुङको आइतबार राति करिब १ बजे निधन भएको हो ।

नासर स्पोर्टस कम्पनीमा सेल्सको काम गरिरहेकी गुरुङ आइतबार राति १२ बजेतिर डिउटीबाट फर्किदा निवास नजिकै किराना पसलमा पानी किनेर पिउँदा ढलेपछि किराना पसलमा आएका इजिप्सियनको सहयोगमा उनलाई उनकै कोठामा लगि एक्लै आराम गर्न छोडिएको र केहि समयपछि साथीहरु आउँदा उनलाई मृत अवस्थामा भेटाएका थिए ।

मृत अवस्थामा पाएपछी उनका साथीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव वाहन लिएर उनको मृत शरिरलार्इ लिएर गएको दलित एकता संजालका कोषाध्यक्ष कृष्ण सुनारले जानकारी दिएका छन् ।

विगत ७ बर्षदेखि कुवेतमा कार्यरत मृतक गुरुङको चिनजान र नजिकको कोहि नभएकोले उनको शव छिटोभन्दा छिटो नेपालसम्म पुर्याउन भूमिका खेल्न नेपाली राजदुतावास कुवेत र कुवेतमा क्रियाशिल नेपाली संघ संस्थालाई अनुरोध पनि गरिएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News