अमेरिकाको न्युयोर्कमा ट्रकको ठक्करबाट नेपाली बालकको मृत्यु


 



काठमाडौँ, पुस २३
अमेरिकाको न्युयोर्कमा ट्रकको ठक्करबाट एक नेपाली बालकको मृत्यु भएको छ । न्युयोर्कको क्वीन्सस्थित लेफ्राक सिटि बिल्डिङ नजिकैबाट विद्यालय तर्फ जान लागेका १० वर्षका बालक श्रीजल पन्थीलाई फोहोर बोक्ने ट्रकले ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट घाइते भएका श्रीजलको उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट बालकको छातीमा चोट लागेको थियो । उनलाई स्कूल लैजाँदै गरकी आमा मीना पन्थी घाइते भएकी छन् । उनको उपचार जारी रहेको जनाइएको छ।

उक्त घटना फिप्टीसेभेन एभ्युन्युको नाइन्टी सेभेन स्ट्रीटको कोरोनास्थित लेफ्राक सिटि भवनको अगाडि भएको बताइएको छ । घटनाबार छानविन भइरहेको स्थानीय सञ्चार माध्यमले जनाएको छन् ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्