भगवान श्रीकृष्णबाट सिक्नुहोस् सफलताका पाँच मन्त्र, के–के हुन् ?


 


गीतामा श्रीकृष्णद्वारा बताइएका सफलताका पाँच मन्त्रहरु यस्ता छन् ।

१. दूरगामी सोचः

भगवान् श्रीकृष्णको तर्फबाट भनिएको श्लोकमा आधारित भागवत गीताको अनुसार हामीले सोचलाई सुंकुचित बनाउनुभन्दा यसलाई दूरगामी र व्यापक बनाउनुपर्छ जसले गर्दा भविष्यमा आइपर्ने दुखबाट सजिलै पार पाउन सकियोस् ।

२. डरभन्दा अगाडि जीतः

गीताका अनुसार यदि तपाईंको अगाडि समस्याले विकराल रुप लिँदै छ र यसलाई समाधान गर्न सकिरहनु भएको छैन भने पनि तपाईंले हिम्मत नहार्नु र सोच बिचार गरेर मात्र समस्याको समाधानको बाटोमा लाग्नुहोस् । समस्यासँग डराउनुभन्दा पनि यससँग लड्नु नै सबैभन्दा ठूलो शक्ति हो । एकपटक डरलाई पार लगाउनु भयो भने त्योभन्दा अगाडिको कदममा तपाईंको जीत छ भनेर सम्झनुहोस् । पाण्डवहरुले पनि धर्मको सहारामा युद्ध जितेका थिए ।

३. प्रगति पथमा प्रशस्तः

श्रीकृष्णले सधैभरि पाण्डवहरुलाई यहि भनेका छन् कि पछि हट्नुभन्दा प्रगति पथमा लम्कनु बुद्धिमानी हुनेछ । उदाहरणका लागि यदि कोही कर्मचारी कम्पनीमा लगाव भएका कारण जीवनको ठूलो असर गुमाउँदै छ भने त्यो मूर्खता हो किनभने अट्याचमेन्टले ट्यालेन्टलाई मार्ने गर्दछ । यस्तो अवस्थामा यदि तपाईंलाई ठूलो स्कोप, स्थान परिवर्तनमा देखियो भने स्थान परिवर्तनमा नै फाइदा हुनेछ ।

४. बन्नुहोस् ऋषिकेशः

श्रीकृष्णलाई ऋषिकेश पनि भनिन्छ । यी दुई शब्दबाट मिलेर बनेको छ ऋषक र ईश अर्थात इन्द्रियलाई वशमा गर्ने स्वामी । श्रीकृष्णको भक्ति गर्ने व्यक्ति बुद्धिमाथि विजय प्राप्त गर्न सक्षम हुने गर्दछन् । गीताको अनुसार हावालाई वशमा ल्याउन सम्भव होला तर मानिसको दिमागलाई वशमा ल्याउन असम्भव हुन्छ । दिमागलाई आफ्नो वशमा ल्याउने व्यक्तिहरु कुनै पनि क्षेत्रमा निकै सजिलै सफलता हाँसिल गर्न सक्छन् ।

५. स्मृति, ज्ञान र बुद्धिः

गीतामा श्रीकृष्णले एक श्लोकमा उल्लेख गरेका छन् कि कुनै पनि क्षेत्रमा सफल हुनका लागि स्मृति र बुद्धि स्वस्थ हुनु अनिवार्य छ । बुद्धि अर्थात राम्रा कुराहरु सोच्ने क्षमता, ज्ञान अर्थात सबै कुराहरुको भित्रि जानकारी हुनु र स्मृति अर्थात नराम्रो कुरालाई बिर्सने र राम्रो कुरालाई याद गर्ने क्षमता । यदि यी तीन कुराहरुमा युवाहरु केन्द्रित हुने हो भने उनीहरु जीवनको ७० प्रतिशत कठिनाईहरुबाट पार पाउन सकिनेछ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्