मलेसियामा एक नेपालीकाे मृत्यु


 


क्वालालम्पुर, भदाै २३

malesiyaसडक दुर्घटनामा परि मलेसियामा एक नेपालीको मृत्यु भएको छ । होस्टेलबाट ड्युटी जान निस्केका जनकपुर, ९ धनुषाका लक्ष्मी शाह तेलीको सडक दुर्घटनामा ज्यान गएको हो ।

बुधबार विहान कार्यालय जाने क्रममा तेलीलाई कारले ठक्कर दिएको थियो । तेली कारको ठक्करवाट उछट्टएिर छेउमा रहेको नालीमा खसेका थिए । नालीमा खसेका उनलाई पानीले बगाएर बेपत्ता बनाएको थियो ।

तेलीलाई कम्पनीका साथीहरु र स्थानीय प्रहरीसहितको टोलीले वुधवार दिनभरि खोजी गरेपनि विहीबार मात्र करीव तीन किलोमिटर टाढा शव भेटिएको सोही कम्पनीमा कार्यरत मुक्ति थापाले जानकारी दिए ।

तेली पाचँ वर्षदेखि सुवागजयाको किलाङ मकानामामीमा कामगर्दै आएका थिए। शवलाई पोसमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्