अमेरिकामा जुवाघरमा नेपाली युवकको मृत्यु


 



काठमाडौं
अमेरिकाको मेरिल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय गितान्जय ढकालको मृत्यु भएको बताइएको छ । उनको मेरिल्याण्ड राज्यमा रहेको एउटा जुवाघरमा मृत्यु भएको हो ।

उनी जनवरी १० तारिख शुक्रबारका दिन जुवाघरमा मृत अवीथामा फेला परेका हुन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रिन्स जर्ज काउन्टीका प्रहरीले जनाइएको छ ।

प्रकाशित मिति: २९ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्