पोर्चुगलमा समुन्द्रमा डुबेर नेपाली दाजुभाईको मृत्यु


 



पोर्चुगल
पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा समुन्द्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको हो। मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ छन् । समुन्द्री छालले बगाउँदा उनीहरुबेपत्ता भएका थिए ।

नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दैआएका थिए । दुबै शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भइनसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन् ।

प्रकाशित मिति: १ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्