अबुधाबीमा सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु, १४ जना घाइते (नामसहित)


 



काठमाडौंं
यूएईको अबुधाबीमा सवारी दुर्घटनामा परेर तीनजना नेपालीको मृत्यु भएको छ । गुडिरहेको लरीमा बस ठोक्किएपछि दुर्घटना हुँदा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

दुर्घटनामा १४ जना नेपाली घाइते भएका छन् । सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई घाइते हुनुभएको छ।

यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते हुनुभएको छ ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्