फोटो कथा

यार्सागुम्बा टिप्न पाटन पुगे स्थानीयवासी

डोल्पाको ठुलीभेरी नगरपालिका–११ स्थित ग्यालवाडा पाटनमा यार्सागुम्बा टिप्न गएका स्थानीयवासी र उनीहरुले बस्नका लागि निर्माण गरेको टेन्ट । तस्बिरः हेमन्त केसी/रासस

बिक्रीका लागि ल्याइएको सिलौटो

कञ्चनपुरको झलारी बजारमा भारतको राजिस्थानबाट भारतीय बन्जारा जातिका व्यापारीले ल्याइएका ढुङ्गाबाट निर्मित सिलौटो र जाँतो । यहाँको बजार र गाउँमा बन्जाराहरुले साइकलमा लगेर सिलौटो र जातो बेच्ने गरेका छन् ।

माथिल्लो मिलिचौरमा चर्दै भेडाबाख्रा

मुगु जिल्ला छायानाथ रारा नगरपालिका–८ मा पर्ने माथिल्लो मिलिचौरमा चरिरहेका भेडाबाख्राहरु । नेपाल कै ठूलो तथा गहिरो ताल रारा ताल घुम्न जाँदा गाडीहरु यही चौरसम्म पुग्छन् । यहाँबाट रारा तालसम्म

साकेला उभौली चाड

किराँत राई यायोक्खा, काठमाडौँद्वारा शनिबार टुँडिखेलमा आयोजित किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)का अवसरमा मौलिक वेशभूषामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नृत्यसहित पर्व मनाउँदै किराँत राई, लिम्बू, याक्खालगायतका समुदाय

खैँजडी भजन

काठमाडौँको तारकेश्वर नगरपालिका-२ स्थित वसन्तनगरमा ॐकारेश्वर भजन समूहले शनिबार खैँजडी भजन र नाच प्रस्तुत गर्दै । तस्बिर : हरिराम भेटुवाल/रासस

धान रोपाइँ

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार नजिकै रहेकाे खेतमा धान रोपाइँ गर्दै किसान । तस्बिर : सन्तोष पुर्कुटी / रासस

प्रभातफेरीका सहभागी

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा शुक्रबार निकालेको प्रभातफेरीमा सहभागीहरु । तस्बिरः सुरेश आचार्य/रासस

ढाका बुनाई तथा सीप विकास तालिम समापन कार्यक्रम

काठमाडौँको टोखा नगरपालिकाद्वारा शुक्रबार आयोजित तीन महिने ढाका बुनाई सीप विकास तालिम समापन कार्यक्रममा टोखा नगरपालिका–३ का वडा अध्यक्ष रमेश डङ्गोल, प्रशिक्षक रामलाल श्रेष्ठसहित तालिममा सहभागी प्रमाणपत्र ग्रहण पश्चात् सामुहिक

मिथिलाका नारी बटसावित्री पर्व मनाउँदै

महोत्तरीको सदरमुकाम जलेश्वरमा आज मिथिलाका नारी वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजा आराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गरेर बटसावित्री पर्व मनाउँदै । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

धानको बीउ छर्दै

सुनसरीको गढी गाउँपालिका–३ छिटाहामा बिहीबार धानको बीउ छर्दै किसान । यतिबेला किसानलाई धानको बीउ राख्न धमाधम छ । तस्बिरः नवीन गड्तौला/रासस