देश

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रिफर (प्रेषण) नगर्न निर्देशन दिएको छ ।  बोर्डका सूचना अधिकारी विकेश मल्लले अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने

‘देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउन नहुने बताउनुभएको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की । नेपाल साफ यु–१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालामा शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल भारतसँग १–० गोलले पराजित भयो । भारतका लागि पर्ल फर्नान्डेजले४९औँ

मैत्रीपूर्ण फुटबलमा नेपालले चीनलाई हरायो

काठमाडौँ । नेपाल र चीनको युनान युथ महिला टोलीबिचको यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।  दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालले पाहुना टोली चीनलाई ३–१ गोलले हरायो । खेलमा

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

भक्तपुर।  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ।   मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका

‘निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माण गर्न सञ्चार माध्यमहरूले भूमिका खेल्नुपर्छ’

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माण गर्न सञ्चार माध्यमहरूले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।  नेपाल टेलिभिजनको ४१ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति

नमुना मतपत्र सार्वजनिक, काठमाडौँको सबैभन्दा ठुलो

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले सात वटै प्रदेशका क्षेत्रको मतपत्रको नमुना

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट युवकको मृत्यु

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा शुक्रबार अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो । सदरमुकामदेखि

नेपाली काँग्रेस जन भावना अनुसार रूपान्तरित पार्टी बनेको छ : सभापति थापा  

जनकपुरधाम । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाली काँग्रेसका विशेष महाधिवेशनले पार्टी रुपान्तरणको दिशामा अग्रसर भएकाले अब देश रुपान्तरणको जिम्मा काँग्रेसको भएको बताउनुभएको छ ।  पार्टीको मधेश प्रदेश समितिको आयोजनामा आज

नयाँ र पुराना पुस्ताबिच जोड्ने प्रयत्न हुनुपर्दछ : महासचिव पोखरेल

काठमाडौँ।  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले समाजमा नयाँ र पुराना पुस्ताबिच जोड्ने प्रयत्न हुनुपर्ने बताउनुभएको छ।  शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल, केन्द्रीय युवा परिषद्को प्रथम बैठकमा सम्बोधन गर्दै उहाँले