फोटो कथा

चरनबाट बाख्रा घरतर्फ लैजादै

म्याग्दीकोधवलागिरि गाउँपालिका– ७ धारापानीको जङ्गलमा चरनका लागि लगिएका बाख्रा साँझ घरतर्फ फर्काउँदै किसान । तस्बिर: ध्रुवसागर शर्मा/रासस

शुभकामना मन्तव्य दिँदै उपसभामुख राना

पूर्वसांसद मञ्च नेपालको आयोजनमा आइतबार भएको ६६ औ संसद दिवस कार्यक्रममा शुभकामना मन्तव्य दिँदै उपसभामुख ईन्दिरा राना । तस्बिर: रत्न श्रेष्ठ/रासस

असार १५ दही च्यूरा खाएर मनाइयो, धान दिवसमा विभिन्न कार्यक्रम (फोटो फीचर सहित)

काठमाडौँ, १५ असार । प्रत्येक वर्ष असार १५ गते दही च्यूरा खाएर मनाइने सांस्कृतिक परम्परा यसवर्ष पनि जारी रह्यो । आज देशभर दही च्यूरा खाएर असार १५ मनाइयो । खेतमा

कुपिन्डे दहमा मनोरञ्जन लिँदै पर्यटक

सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८ स्थित कुपिन्डे दहमा डुङ्गामा सयर गर्दै आन्तरिक पर्यटक । तस्बिरः सुरेश आचार्य/रासस

राष्ट्रिय परिचयपत्र बनाउन लामवद्ध सार्वसाधारण

राजविराजस्थित जिल्ला प्रशासन कार्यालय सप्तरीमा राष्ट्रिय परिचयपत्र बनाउन शुक्रबार बिहानैदेखि लाइनमा बसेका सर्वसाधारण नागरिक । तस्बिर: अरूणकुमार यादव /रासस

देउडा गीत प्रस्तुत

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान प्रदेश कार्यसमिति कर्णालीले सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार आयोजना गरेको प्रथम कर्णाली सांस्कृतिक सम्मेलन २०८१ मा कर्णालीको मौलिक देउडा गीत प्रस्तुत गर्दै कलाकार । तस्बिर: सुरेश

स्यार्पू तालमा डुङ्गा सयर गर्दै पर्यटक

रुकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका ३ र ५ को बीचमा रहेको स्यार्पू तालमा डुङ्गामा सयर गर्दै आन्तरिक पर्यटक । तस्बिरः सुरेश आचार्य/रासस

धान रोप्न बीउ उखेल्दै किसान

दाङको घोराही उपमहानगरपालिका–३ स्थित बनखेतका स्थानीय महिला रोपाइँ गर्न धानको बीउ उखेल्दै । तस्बिरः कुलदीप न्यौपाने/रासस

र्‍याची र भौलिगाडको काठेपुल

शे फोक्सुण्डो गाउँपालिका–८ स्थित र्‍याची र भौलिगाडको बीचमा आवतजावत गर्नका लागि निर्माण गरिएको काठेपुल । यही पुलको सहयोगमा यहाँका स्थानीयबासी आवतजावत गरिरहेका छन् । तस्बिर: हेमन्त केसी/रासस

मार्सी धानको हरियाली फाँट

जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका-८ मा रोपिएको मार्सी धानको हरियाली फाँट । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश