
प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ समक्ष बुधबार सरकारलाई दिएको समर्थन फिर्ता र नेकपा(एमाले)बाट सरकारमा रहेका मन्त्रीहरूको सामूहिक राजीनामा पत्र बुझाउँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी । तस्बिर : प्रदीपराज वन्त/रासस

सिरहाको पूर्व-पश्चिम राजमार्गमा रहेकाे गोलबजारमा मुख्य सडककै छेउमा जोखिमपूर्ण रूपमा आँप बिक्री गर्दै व्यापारी। तस्बिर : लोकेन्द्रप्रसाद यादव / रासस

सुनसरीको इनरुवा–दुहबी सडकखण्डको पेटीमा आएको बाढीको पानीमा माछा मार्दै स्थानीय । तस्बिर : अजितकुमार झा/रासस

दाङको घोराही उपमहानगरपालिका-८ स्थित ढिकपुरको दुन्द्रा पोखरीमा ढकमक्क फुलेको रातो कमलको फूल । तस्बिर: कुलदीप न्यौपाने /रासस

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, स्वास्थ कार्यालय अछामद्वारा मङगलबार सञ्चालित डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर अभियान। अछाम जिल्ला सदरमुकाम मंगलसेन बजारमा एडिस जातको पोथी लामखुट्टेको

भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडस्थित भेरी नदी र छलगाड खोलाको दोभान किनारमा वर्षापछि आएको बाढीका कारण फसेको रात्रीकालीन यात्रुवाहक बस । उक्त बस डोल्पाको सदरमुकाम दुनैबाट नेपालगन्जको

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित बरुवागाउँ बिशालनगर टोलका स्थानीयवासी ट्रयाङ्करमा ल्याएको खानेपानी जोहो गर्दै । गत वैशाखदेखि धारामा पानी आउन छाडेपछि बिशालनगरका करिब पचास घरधुरीवासी तुलसीपुर खानेपानी उपभोक्त सरसफाइ संस्थाले ट्रङ्याकरमा

सङ्खुवासभाको चैनपुर नगरपालिकाको केन्द्र चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवाको प्रतिमा । तस्बिरः सुजन बज्राचार्य/रासस

गत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण पास हुनुभएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाद्वारा आइतबार जनकपुरधामको रामानन्दचौकमा सडक अनुशासन पालना तथा सवारी दुर्घटनाको न्यूनीकरणको लागि गरिएको जनचेतनामूलक दीप प्रज्वलन । तस्बिर : निरंजनकुमार साह/रासस