
नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले उपाधि विजेता बनेकामा बधाई दिने क्रममा गितार उपहार दिनुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

लामो समयपश्चात् आज परेको पानीले जलमग्न भएको महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सडकमा जमेको पानीको प्रर्वाह नगरी विद्यालय जाँदै विद्यार्थी । नालीको व्यवस्था नभएकाले सडकमा पानी जमेको हो । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

सिन्धुपाल्चोक, ११ असार : साहसिक जलयात्राअन्तर्गत भोटेकोशी नदीमा आयोजित ‘२२औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल एशोसिएशन अफ -याफ्टिङ एजेन्सिज (नारा) द्वारा सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आयोजित राष्ट्रियस्तरको

दाङको घोराही उपमहानगरपालिका–१५, काठेकोल बगैँचामा आँपको किनबेच हुँदै । व्यापारी आफूले ठेक्कामा लिएको बगैँचाबाट प्रतिकिलो रु ८० मा आँप बिक्री गर्ने गरेका छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस

म्याग्दीको सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयमा कपाल काट्ने सिप सिक्दै विद्यार्थी । बेनी नगरपालिकाको ‘विइ क्यान विइ डु’ कार्यक्रमको सहयोगमा विद्यालयले एक महिने कपाल काट्ने आधारभूत तालिम सञ्चालन गरेको छ

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा रहेको ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा नाचगान गरेर रमाइलो गर्दै ज्येष्ठ नागरिक । उपमहानगरपालिकाको सहयोगमा दिवासेवा केन्द्र सञ्चालन भएपछि उनीहरुलाई दिन बिताउन सजिलो भएको छ । तस्बिरः रञ्जिता

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्तीमा पानी भर्नका लागि लाइनमा बसेका स्थानीयवासी । पानीको हाहाकार भएपछि विलिभर्स ईस्टन चर्च सुर्खेतले बोरिङ्बाट निकालेको पानी स्थानीयलाई खाने सुविधा दिएको छ । तस्बिरः शुरबहादुर

ललितपुरको जावलाखेलस्थित सदर चिडिया खानामा पालिएका चित्तल । हिजो आज चिडिया खाना अवलोकन गर्ने र यहाँ पालिएका जनावार हेर्नेको भीड लाग्ने गरेको छ । तस्बिर: विमलबहादुर विष्ट/रासस

नुवाकोटको शिवपुरी गाउँपालिका– ८ थानपतिको महिला छहरे झरना पर्या पर्यटन प्रवर्धन संस्थाले शनिबार ठूलो छहरे झरना (लौके झरना), सानो छहरे झरना जाने पदमार्ग तथा प्रतिक्षालय उद्घाटन कार्यक्रममा पञ्चेबाजा बजाउँदै ।

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा तिन दिनदेखि चलेको हिले जात्रा (ज्याःपुन्ही)मा रथ यात्रा गर्दै स्थानीय । एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा विशेषरुपमा शनिबार परम्परा अनुसार दिनभर