फोटो कथा

चैते धान उठाउँदै किसान

चितवनको खैरहनी नगरपालिका–७ सुन्तानास्थित खेल मैदानमा सुकाएको चैते धान उठाउँदै किसान । धान सुकाउने ठाउँको अभावका कारण यहाँका किसानले खेल मैदानमा लगेर सुकाउने गरेका छन । तस्बिर : कृष्ण आचार्य/रासस

विज्ञान शैक्षिक सामाग्री प्रदर्शनी

दाङको घोराही उपमहानगरपालिका(१५ स्थित पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालयको ७७ औँ वार्षिकोत्सव कार्यक्रममा अवलोकनका लागि विद्यार्थीले राखेको विज्ञान शैक्षिक सामाग्री प्रदर्शनी । तस्बिर: कुलदीप न्यौपाने/रासस

विराटनगरको सडक सौन्दर्यकरण

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसीत बनाउने अभियान अन्तर्गत बरगाछी–रानी पाँच किलोमिटर सडक सौन्दर्यकरण परियोजनाको शनिबार विराटनगरको भट्टीचोकमा सुरक्षाकर्मी र सर्वसाधारण सामूहिक रुपमा विरुवा राेपेर शुभारम्भ गर्दै । तस्बिर

काकाकुल गमगढीवासी

खडेरी र गर्मीले पानीका मुहानहरु सुक्न थालेपछि मुगु सदरमुकाम गमगढी बजारमा पानी भर्नेको घुइँचो । मुल सुक्दै गएपछी गमगढी बजारमा खानेपानीको चरम अभाव हुँदै गएको छ भने गमगढी खानेपानी उपभोक्ता

किशोरीलाई आत्मरक्षा तालिम

शुक्लाफाँटा नगरपालिकाका महिला तथा बालबालिका शाखाको आयोजनामा शुक्रबार विद्यालयमा पढ्ने किसोरीहरुलाई प्रशिक्षकले आत्मरक्षा गर्ने तरिका सिकाउँदै । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस

जीवित पशुको क्रूर र निर्दयी ढुवानी विरुद्धको दिवस

जीवित पशुको क्रूर र निर्दयी ढुवानीविरुद्धको दिवसको अवसरमा शुक्रबार भरतपुरको चौविसकोठीमा पशु कल्याण र पशु अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाहरुले ऐन नियमको पालना गर्नुपर्ने माग राख्दै गरिएको मौन

ढोल प्रतियोगिता

धिमाल जातीय विकास केन्द्र बेलबारी नगर समितिको आयोजनामा शुक्रबार धिमाल समुदायको सिरिजात जात्री पर्वको अवसरमा भएको ढोल प्रतियोगिता सहभागी प्रतियाेगीहरू । तस्बिर : विवेक मिश्र/ रासस

पौडी खेल्दै बालबालिका

अत्याधिक गर्मी बढेपछि घोराही उपमहानगरपालिका-१८ रझेनामा कटुवाखोलामा शुक्रबार पौडी खेल्दै स्ठानीय बालबालिका । तस्बिर:कुलदीप न्यौपाने /रासस

योग शिविर

पतंजलि योग समिती दाङ, महिला पतंजलि योग समिती दाङ र युवा समिती दाङको आयोजनामा बिहीबार घोराही उपमहानगरपालिका१५ स्थित जिल्ला समन्वय समितिको चौरमा आयोजित एक दिवसीय निःशुल्क योग विज्ञान शिविर तथा

पढ्दै कमाउँदै विद्यार्थी

गुल्मीको इस्मा गाउँपालिका–२ स्थित पालुखा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सेल पकाउँदै । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले खाजाका परिकारहरु बनाएर विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रममा बिक्री गर्ने गर्दछन् । तस्बिर: हुमाकान्त