फोटो कथा

वीरगञ्ज कृषि औजार कारखाना

राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएर अलपत्र परेको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनाको अवधिमा करखानामा रहेका साना र ठूला ५५ मेसिनहरुमध्ये ५१ वटा मेसिन मर्मतसम्भार गरेर

श्रमदान गर्दै माङसेबुङवासी

दमक(चिसापानी)रवि सडक (फाल्गुनन्द मार्ग)अन्तर्गत इलामको माङसेबुङ गाउँपालिका -६ माङ्मालुङ बजारदेखि चिसोपानी बजार जोड्ने सडकखण्ड स्तरोन्नतिका लागि श्रमदान गर्दै माङसेबुङवासी । बर्खा याम सुरु भएसँगै यातायात सञ्चालनमा सहजताका लागि स्वतन्त्र ‘सचेत

यार्सागुम्बा टिप्न पाटन पुगे स्थानीयवासी

डोल्पाको ठुलीभेरी नगरपालिका–११ स्थित ग्यालवाडा पाटनमा यार्सागुम्बा टिप्न गएका स्थानीयवासी र उनीहरुले बस्नका लागि निर्माण गरेको टेन्ट । तस्बिरः हेमन्त केसी/रासस

बिक्रीका लागि ल्याइएको सिलौटो

कञ्चनपुरको झलारी बजारमा भारतको राजिस्थानबाट भारतीय बन्जारा जातिका व्यापारीले ल्याइएका ढुङ्गाबाट निर्मित सिलौटो र जाँतो । यहाँको बजार र गाउँमा बन्जाराहरुले साइकलमा लगेर सिलौटो र जातो बेच्ने गरेका छन् ।

माथिल्लो मिलिचौरमा चर्दै भेडाबाख्रा

मुगु जिल्ला छायानाथ रारा नगरपालिका–८ मा पर्ने माथिल्लो मिलिचौरमा चरिरहेका भेडाबाख्राहरु । नेपाल कै ठूलो तथा गहिरो ताल रारा ताल घुम्न जाँदा गाडीहरु यही चौरसम्म पुग्छन् । यहाँबाट रारा तालसम्म

साकेला उभौली चाड

किराँत राई यायोक्खा, काठमाडौँद्वारा शनिबार टुँडिखेलमा आयोजित किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)का अवसरमा मौलिक वेशभूषामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नृत्यसहित पर्व मनाउँदै किराँत राई, लिम्बू, याक्खालगायतका समुदाय

खैँजडी भजन

काठमाडौँको तारकेश्वर नगरपालिका-२ स्थित वसन्तनगरमा ॐकारेश्वर भजन समूहले शनिबार खैँजडी भजन र नाच प्रस्तुत गर्दै । तस्बिर : हरिराम भेटुवाल/रासस

धान रोपाइँ

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार नजिकै रहेकाे खेतमा धान रोपाइँ गर्दै किसान । तस्बिर : सन्तोष पुर्कुटी / रासस

प्रभातफेरीका सहभागी

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा शुक्रबार निकालेको प्रभातफेरीमा सहभागीहरु । तस्बिरः सुरेश आचार्य/रासस

ढाका बुनाई तथा सीप विकास तालिम समापन कार्यक्रम

काठमाडौँको टोखा नगरपालिकाद्वारा शुक्रबार आयोजित तीन महिने ढाका बुनाई सीप विकास तालिम समापन कार्यक्रममा टोखा नगरपालिका–३ का वडा अध्यक्ष रमेश डङ्गोल, प्रशिक्षक रामलाल श्रेष्ठसहित तालिममा सहभागी प्रमाणपत्र ग्रहण पश्चात् सामुहिक