आज पनि बढ्यो सुनको मूल्य


 



काठमाडौं, माघ ५
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने आज स्थीर छ । आज पनि चाँदी प्रतितोला आठ सय ९० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्