मस्जिदमा पादेकै कारण एक युवकलाई मृत्युदण्ड


 



काठमाडौं, माघ ६
सत्र पटकसम्म पादेकै कारण मस्जिदबाट निष्काशन गरिएका एकजना युवकलाई अन्ततः मुस्लिमहरुको पवित्र एक महिने पर्व रमजानको वेला पनि पादेको कारण अदालतले मृत्युदण्ड सुनाएको हालै इस्लामावाद हेराल्डले जनाएको छ।

जिल्ला उप जन न्यायाधीश सैयद अनिस शाहले पत्रकारहरुलाई भनेका छन्, ‘रमजान मुस्लिमहरुको निकै महत्वपूर्ण पर्व हो। उनले यसरी पादेर धर्म प्रति नै अपमान गर्न खोजेका हुन्।
उनको पादेकै कारण एकैपटक ५३ जना भक्तजनले प्रार्थना छोडेर मस्जिद बाहिर निस्कनु परेको थियो। यस्तो अपराधका लागि अल्लाहको मर्जीअनुसारको सजाय दिइनुपर्दछ। अभियुक्तको इच्छाअनुसार शिर छेदन गरेर वा ढुङ्गाले हानेर मृत्युदण्ड दिइनेछ। तर उनलाई यो संजाय पनि कमै छ।’

शिर छेदन गर्दा एकैछिन मात्र कष्ट हुने भएकाले उनलाई नमरुन्जेल ढुङ्गाले हिर्काइनु दिइनु नै राम्रो हुने कानुनविद्हरुको भनाइ रहेको छ। ३३ वर्षीय मुहम्मद अल–वाहावीको मुद्दा लड्न कुनै पनि वकिल तयार भएको थिएन। त्यसैले अदालतमा उनले सफाइमा आफूलाई लामो समयदेखि ग्यास्ट्रिकको समस्या भएकाले आफ्नो पाद अनियन्त्रित भएको बताएका थिए ।

मध्यपूर्वी कानुनविद् एन्ड्रयु जोनेसले यस्तो मुद्दा हारेको खण्डमा मुद्दा लड्ने वकिललाई पनि अभियुक्तलाई सरह सजाय हुने भएकाले कसैले मुहमदको मुद्धा लिन नचाहेको स्पष्ट पारेका छन्।

अल–वाहावीले आफुलाई दिइएको संजाय विरुद्ध कुनै आपत्ति जनाएको छैन। बरु उनले अल्लाहले आफ्नो अपमानजनक व्यवहारका लागि क्षमा दिने आशा राखेको बताएका छन्। उनले आफ्नो पादको आवाज र गन्ध नियन्त्रण गर्न धेरैपटक आफ्नो मलद्वारमा सिलिन्डर आकारको यन्त्र ट्याम्पोनको पनि प्रयोग गरेको स्विकारेका छन्।

न्यायाधीशले भनेका छन्, ‘मुस्लिमहरुले आफ्ना मलद्वारमा कुनै उपकरण त के औंला समेत छिराउनुहुन्न, त्यो पूर्णतः मुस्लिम धर्मग्रन्थ कुरानको विपरित हुनेछ। न्यायाधीशको हिसाबले मैले अन्य मुस्लिमहरुलाई उदाहरण पेश गर्नु पर्दछ। सरिया कानुनअनुसार उनको व्यवहार वर्जित छ।

अल–वाहावीले आफ्नो अपराधका लागि माफी माग्दै आफ्ना दुई पत्नी र सातजना सनतानलाई पनि क्षमा दिन अनुरोध गर्दै न्यायाधीशलाई सजायका लागि धन्यवाद दिएका छन्। नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्